नियम ४१
मुद्दाको बाँडफाँड
(१) एकभन्दा बढी न्यायाधीश भएको अदालतमा मुद्दा दर्ता भएपछि स्रेस्तेदारले प्रमुख भई काम गर्ने न्यायाधीशको उपस्थितिमा न्यायाधीशको संख्या, मुद्दा संख्याको अनुपात, मुद्दाको प्रकृति र मार्ग समूहसमेतको आधारमा गोला प्रक्रियाद्वारा मुद्दा फाँटहरूबीच मुद्दा बाँडफाँड गर्नेछ।

£२ दोस्रो संशोधनद्वारा संशोधित । २५ स्पष्टीकरण: यस नियमको प्रयोजनको लागि "मुद्दा" भन्नाले पुनरावेदन बन्दीप्रत्यक्षीकरण निषेधाज्ञाको निवेदन मुद्दाको रूपमा दर्ता हुने अन्य निवेदन वा प्रतिवेदन र विशेष प्रकृतिका निवेदन समेतलाई जनाउँछ।

(२) यो नियम प्रारम्भ हुँदाका बखत अदालतमा दायर रहेका मुद्दा उपनियम (१) बमोजिमको आधार र प्रक्रिया बमोजिम स्रेस्तेदारले फाँटहरूबीच बाँडफाँड गर्नेछ।